PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

भारतबाट ल्याउँदै गरेको ४० लाख नगदसहित दुई पक्राउ



राधेश्याम पटेल

भारतबाट ल्याउँदै गरेको ४० लाख नगदसहित दुई पक्राउ

वीरगंजः बारा प्रहरीले स्रोत नखुलेको ४० लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्ला आदापुर ग्राम पञ्चायत १२ बस्ने वर्ष २२ का गुडु कुमार र वीरगंज १६ इनार्बाका सन्तोष कुमार रहेका छन्।

अभियुक्त दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग पठाइएको बाराका एसपी राजकुमार बैदवारले जानकारी दिए। बुधबार अपराह्न ३ बजे आदापुरका गुडु ना ५४ प १५४५ नम्बरको नेपाली नम्बरको मोटरसाइकलमा बाराको नाका विश्रामपुर गाउँपालिका वडा नं १ बाट प्रहरी चेकजाँचका क्रममा पक्राउ परेका हुन्। 

गुडुले उक्त पैसा वीरगंजका सन्तोष कुमारलाई दिनका लागि ल्याइएको बताएपछि दुबैलाई पक्राउ गरी थप कारबाहीको लागि पठाइएको हो। 
हेलमेटभित्र लुकाएर ल्याइरहेको अवस्थामा उक्त रकम बरामद गरिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell