PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

वाम एकता संयोजन समिति बैठक बस्दै, विवादित विषयको छलफल अब शीर्ष तहमा



पहिलोपोस्ट

वाम एकता संयोजन समिति बैठक बस्दै, विवादित विषयको छलफल अब शीर्ष तहमा

काठमाडौँः कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक बोलाइएको छ। संयोजन समितिमा दुबै दलका अध्यक्षसहितका शीर्ष नेता छन्। 

कार्यदलले बुझाएका मुख्य तीन विवादमा सहमतिको जिम्मेवारी शीर्ष नेताले पाएसँगै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका हुन्। सांगठनिक संरचना, चुनाव चिह्न तथा राजनीतिक आन्दोलनको सम्बोधन कसरी गर्ने लगायतका विषय कार्यदलस्तरमा विवाद छन्। विवादका विषयमा शीर्ष नेताबीच औपचारिक रूपमा पहिलोपटक परामर्श हुने लागेको हो।

कार्यदलमा विवाद भएपछि जनयुद्ध, चुनाव चिह्न लगायतका विषय शीर्ष नेताबीच छलफलपछि टुङ्गोमा पुर्‍याउने निर्णय भएको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि नै पार्टी एकताका लागि अर्को समिति गठनको तयारी छ। ओली शुक्रबार भारत भ्रमणमा जाँदै छन्। सम्भवतः आजको बैठकले शीर्ष नेताको निर्देशन अनुसार एकता घोषणा तयारीका लागि समिति बनाउन सक्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell