PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

भक्तपुरमा वर्षाले घर भत्किँदा पाँच घाइते



पहिलोपोस्ट

भक्तपुरः दुई दिन परेको अविरल वर्षाका कारण बुधबार साँझ सूर्यविनायक नगरपालिका–१० चित्तापोल खुलाल गाउँमा घर भत्किँदा पाँचजना घाइते भएका छन्।

स्थानीयवासी विदुर थापाको इँटा माटोले बनेको कच्ची घर भत्किँदा सोही घरमा बस्ने पाँचजना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

घटनामा ५० वर्षीया पशुपति थापा, २१ वर्षीया शारदा थापा, १८ वर्षीय उमेश थापा, २१ वर्षीय रोशन थापा र २० वर्षीया सरिना थापा घाइते भएको परिसरका सूचना अधिकृत प्रहरी निरीक्षक मदन केसीले जानकारी दिए।

घाइतेको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था सामान्य रहेको छ। घर भत्किँदा रु १३ लाख बराबरको धनमाल क्षति भएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell