PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

युसिएल : रोमाविरुद्ध बार्सिलोना ४-१ ले विजयी, सिटीमाथि लिभरपुलको रवाफ



पहिलोपोस्ट

युसिएल : रोमाविरुद्ध बार्सिलोना ४-१ ले विजयी, सिटीमाथि लिभरपुलको रवाफ

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधवार भएको क्वाटरफाइनल पहिलो लेग खेलमा स्पानिस क्लब बार्सिलोना र इंगलिस क्लब लिभरपुल विजयी भएका छन्।

दुई आत्मघाती गोलको सहयोग पाएको बार्सिलोनाले इटालियन क्लब रोमालाई ४-१ ले पराजित गर्दा लिभरपुलले इंगल्याण्डै म्यानचेष्टर सिटीमाथि ३-० रवाफिलो जित हात पारेको छ।

घरेलु मैदान नोउ क्याम्पमा ड्यानिएल डे रोसीको आत्माघाती गोलमार्फत बार्सिलोनाले ३८औँ मिनेटमा अग्रता लिएको थियो। ५५औँ मिनेटमा रोमाका मानोलेसले आत्मघाती गोल उपहार दिएपछि बार्सिलोनाको अग्रता दोब्बर बन्यो।

५९औँ मिनेटमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए। ८०औँ मिनेटमा एडेन जेकोले रोमाका लागि गोल फर्काएपनि ८७औँ मिनेटमा लुइस सुवारेजले गोल गर्दै बार्सालाई ४-१ को जित दिलाए।

उता पहिलो हाफमा ३ गोल गर्दै लिभरपुलले घरेलु मैदान एनफिल्डमा प्रिमियर क्लब प्रतिद्वन्दी म्यानचेष्टर सी६मान ३-० को जित हात पारेको हो।

लिभरपुलका लागि १२औँ मिनेटमा मोहमद सलाह, २१ औँ मिनेटमा एलेक्स च्याम्बरलेइन र ३१औँ मिनेटमा साडियो मानेले एक-एक गोल गरे।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell