PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

पासोमा खुट्टा गुमाएकोलाई पांग्रो:  करमेल बन्यो कृत्रिम अंग पाउने पहिलो लोखर्के



पहिलोपोस्ट

पासोमा खुट्टा गुमाएकोलाई पांग्रो:  करमेल बन्यो कृत्रिम अंग पाउने पहिलो लोखर्के
फोटो: huffingtonpost.com

करमेल नामको लोखर्केको अगाडिका दुवै खुट्टा पासोमा परी गुम्यो।

जंगली जनावरका लागि टर्कीको ब्याटम्यन सहरमा राखिएको पासोमा ती भाले लोखर्के फसेका थिए।

घाइते लोखर्केको नराम्रारी चोट लागेका दुबै खुट्टालाई सर्जरी गरी हटाइयो। पूर्ण रुमा निको भएपनि करमेल दुईवटा खुट्टामा मात्र पनि दौडने प्रयास जारी राखे।

यसरी दौडने प्रयास गरेका लोखर्केलाई इस्तानबुल एडिन विश्वविद्यालयका जनावर प्रेमी वैज्ञानिकहरूले राहत दिएका छन्।

विश्वविद्यालयका अर्थोपेडिस्टहरुले लोखर्केलाई दुईवटा पांग्रा बनाइदिए - जुन पांग्रा लगाएर लोखर्के दौडन सक्ने भएको छ। यस्तो कृत्रिम अंग पाउनेमा यही लोखर्के पहिलो भएको बताइएको छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell