PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

प्रधानमन्त्री ओली बन्ने भए, ‘डा.केपी शर्मा ओली’



पहिलोपोस्ट

प्रधानमन्त्री ओली बन्ने भए, ‘डा.केपी शर्मा ओली’

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मानार्थ पीएचडीको उपाधि पाउने भएका छन्।

प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा उत्तराखण्डस्थित पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि एवं प्रौधोगिक विश्वविद्यालयबाट पीएचडीको उपाधि पाउने छन्।

भ्रमणका क्रममा २५ गते आइतबार विश्वाविद्यालयमा हुने दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीलाई ‘डाक्टर’ मानार्थ उपाधि दिइने विश्वविद्यालयले जनाएको छ।

यसअघि प्रधानमन्त्री ओलीले भ्रमण बारे नेपालको संसदमा जानकारी गराउँदा उक्त विश्वविद्यालयको चर्चा गरेका थिए। कृषि क्रान्तिमा महत्वपूर्ण योगदान दिएको भन्दै उक्त विश्वविद्यालयबाट नेपालीहरुले सिक्नु पर्ने धेरै कुरा रहेको ओलीले बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell