PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

दक्षिण एशियाली महिला ह्याण्डबलमा नेपाल दोश्रो



पहिलोपोस्ट

दक्षिण एशियाली महिला ह्याण्डबलमा नेपाल दोश्रो

काठमाडौं : नेपाली महिला ह्याण्डबल टोलीले विदेशी भूमिमा हालसम्मकै ऐतिहासिक सफलता प्राप्त गरेको छ। मित्रराष्ट्र भारतमा संचालित पाँचौ महिला दक्षिण एशियाली ह्याण्डबल प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हात पारेको हो।

यो जित अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो समेत हो।

भारतको लखनउमा २०१८ मार्च ३१ बाट अप्रिल ४ सम्म भएको प्रतियोगितामा नेपालले  बंगालादेश, भुटान र अफगानिस्तानलाई पराजित गरेको थियो। फाइनलमा भने भारतसँग हार बेहोरेको नेपाल उपविजेता बनेको हो।

राउण्ड रोबिनका आधारमा खेलाइएको प्रतियोगितामा नेपालले बंगालादेशलाई २६–१७, अफगानिस्तानलाई २३–४ र भुटानलाई २८–४ गोल अन्तरले पराजित गरेको थियो। तर फाइनलमा नेपाल भारतसंग २४–५ गोल अन्तरले पराजित हुँदै दोस्रो भयो।

नेपालकातर्फ बाट उमा राई (कप्तान), बन्दना राई, जिना राई, निशा राई, कबिता राई, शान्ति कला राई, देब कुमारी बास्कोटा, संगिता चौधरी, दुर्गा बोहोरा, पार्वती चौधरी, कृष्णा चौधरी, कल्पना ओली, उमा राई, आइत लोमु शेर्पा र मञ्जु रावत रहेका थिए भने प्रशिक्षकमा अरुण लाल कर्ण र रमेश सापकोटा थिए।

यो जितले नेपालमा आयोजना हुने १३औं दक्षिण एशियाली खेलकुदमा टिम गेममा पदकको सम्भावना लाई बलियो बनाएको नेपाल ह्याण्डबल संघका सचिव केशब पाठकले बताएका छन्। नेपाली टोली बुधवार स्वदेश फर्कने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell