PahiloPost

Mar 31, 2025 | १७ चैत्र २०८१

एकता संयोजन समितिको बैठक शुरु



रासस

एकता संयोजन समितिको बैठक शुरु

काठमाडौँ  : एकताको मिति र मिल्न बाँकी विषयमा टुङ्गो लगाउन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ।

यसअघि मंगलबारको संयोजन समितिको बैठकले पार्टी एकतासम्बन्धी सांगठनिक र वैचारिक प्रतिवेदन ग्रहण गरेको थियो। प्रतिवेदनमा आउँदो वैशाख ९ मा एकता गर्न सुझाव दिइएको छ।

एकताको मिति र कार्यदलले मिलाउन बाँकी विषयमा छलफल गर्न आज एकता संयोजन समितिको बैठक बसेको हो। दुई दलबीच चुनाव चिह्न, पद बाँडफाँडको आधारजस्ता विषय मिलाउन बाँकी छ।

गत फागुन ७ मा पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले सहमति गरेपछि एकता प्रक्रियाले गति लिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell