PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

फुकेन विवादको गाँठोः प्रधानमन्त्री भारतबाट फर्किएपछि छलफल हुने



पहिलोपोस्ट

फुकेन विवादको गाँठोः प्रधानमन्त्री भारतबाट फर्किएपछि छलफल हुने

काठमाडौंः प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै पार्टी एकताको तयारी गरिरहेका नेकपा एमाले र माओवादी केन्द्रबिचको विवादको गाँठो आज पनि फुक्न सकेन। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा पार्टी एकताका लागि विवादका विषयहरूमा सहमति जुट्न सकेन्। बैठकले पार्टी एकता संयोजन समितिको अर्को बैठक प्रधानमन्त्रीको भारत भ्रमणबाट फर्किएपछि बस्ने सहमति गरेको छ। 

‘प्रधानमन्त्रीको भारत भ्रमण पछि एकता संयोजन समितिको बैठक बसेर एकतालाई टुंगोपमा पुर्‍याउने सहमति भएको छ,’ बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘त्यसअगाडि पार्टी एकताका लागि आन्तरिक रूपमा दुबै पार्टीले छलफल र तयारी गर्ने सहमति भएको छ।’

श्रेष्ठका अनुसार पार्टी एकता अप्रिल २२ (वैशाख ९ गते) गर्न दुई कार्यदलले दिएको सुझाव अनुसार गर्ने गरी गृहकार्य अगाडि बढाउने सहमति भएको छ। 


एकताका लागि विवादित विषय चुनाव चिन्ह र माओवादी केन्द्रले भन्दै आएको ‘समानताका आधारमा एकता’ विषयमा भने श्रेष्ठले भन्न चाहेनन्। 

यसअघि गत १९ गते बसेको एकता संयोजन समितिको बैठकमा दुबै कार्यदलले आफ्नो प्रतिवेदन बुझाएका थिए। आजको बैठकमा कार्यदलमा सहमति जुट्न नसकेका विषयमा छलफल गर्ने बताइएको थियो। 

तर बैठकमा यी विषयहरूमा प्रवेश नै नपाएको बताइएको छ। 

प्रधानमन्त्री भारत भ्रमणमा भोलि दिल्ली प्रस्थान गर्दै छन्। उनी २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell