PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

सभामुख महराले भेटेर दिए मदनकृष्ण श्रेष्ठलाई समवेदना



पहिलोपोस्ट

सभामुख महराले भेटेर दिए मदनकृष्ण श्रेष्ठलाई समवेदना

काठमाडौं: सभामुख कृष्णबहादुर महराले कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटे। पत्नी वियोगको पीडामा रहेका हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेर महराले समवेदना व्यक्त गरेका हुन्। विहीबार बिहान श्रेष्ठको निवास सुनाकोठी पुगेर सभामुखले श्रेष्ठ पत्नी स्वर्गीय यशोदा सुवेदी श्रेष्ठलाई श्रद्धाञ्जली समेत दिए।

'नजिकको प्रियजन गुमाउनु जीवनकै सबैभन्दा दुखद क्षण हो तर यो नियमलाई कसैले टार्न सक्दैन', महराले भने,'परिवारको सम्पूर्णले धैर्यतापूर्वक सहन सकुन्।' उनले आत्मबल बलियो बनाउनुको विकल्प नरहेको र हरेक आवश्यक परिस्थितिमा साथ दिन कोशिश गर्ने समेत बताए।

मदनकृष्ण श्रेष्ठले आफूलाई दुःख परेको बेला सभामुख घरमै आएर सान्त्वना दिदा आत्मबल बढेको बताए। श्रेष्ठले मृत्यु संस्कारको परम्परागत ढाँचा नअपनाएर गलत संस्कारहरु तोड्ने प्रयास गरिरहेको जानकारी समेत दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell