PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

२० वर्ष अघिको हरिण शिकारमा सलमान खान दोषी ठहर



पहिलोपोस्ट

२० वर्ष अघिको हरिण शिकारमा सलमान खान दोषी ठहर

बलिउड अभिनेता सलमान खान कालो हरिण शिकार मुद्दामा २० वर्षपछि दोषी ठहर भएका छन्। कालो हरिणको शिकार गरेको आरोपमा अभिनेता सलमान खानसहित सैफ अली खान, सोनाली बेन्द्रे, तब्बू तथा नीलिमा  कोठारीविरुद्ध मुद्धा दर्ता भएको थियो। जोधपुर अदालतले सलमानलाई दोषी ठहर्‍यायो भने अन्यलाई निर्दोष रहेको फेसला सुनायो।  

सन् १९९८ मा फिल्म ‘हम साथ साथ हे’ को सुटिङको क्रममा उक्त घटना घटेको थियो। सलमान खानलाई वन्यजन्तु संरक्षण कानुनको धारा ५१ तथा अन्य कलाकारलाई वन्यजन्तु संरक्षण कानुनको धारा ५१ त्था भारतीय दण्ड सहिंताको धारा १ सय ४२ अन्तरगत मुद्धा चलाइएको बलिउड हंगामाले जनाएको छ।

दोषी ठहर भएका सलमान खान एकदेखि ६ वर्षसम्मको जेल सजाय भोग्नु पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell