PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

यातायातमा सिन्डिकेट तोड्न सरकारले देखाएको तदारुकताप्रति कांग्रेसको प्रशंसा 



पहिलोपोस्ट

यातायातमा सिन्डिकेट तोड्न सरकारले देखाएको तदारुकताप्रति कांग्रेसको प्रशंसा 

काठमाडौं: सरकार यातायात सिन्डिकेटविरुद्ध कडा रूपमा प्रस्तुत भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि यसलाई समर्थन गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यातायातको सिन्डिकेट तोड्न सरकारले गरेको प्रयत्न जायज भएको बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता शर्माले लेखेका छन्, 'यातायातको सिन्डिकेट तोड्न सरकारले गरेको प्रयत्न जायज छ। काठमाडौ-धुलिखेलपछि अब `राज्य´ विस्तारित हुनुपर्छ राज्यभरि।'

शर्माले लोकतन्त्र र प्रतिस्पर्धात्मक अर्थ व्यवस्थामा राज्य या निजी क्षेत्र कसैले पनि निषेधको व्यवहार ग्राह्य नहुनेसमेत बताए। भने, 'लोकतन्त्र र प्रतिस्पर्धात्मक अर्थ व्यवस्थामा राज्य या निजी क्षेत्र कसैलेपनि निषेधको व्यवहार कसैप्रति गर्नेकुरा ग्राह्य हुनुहुन्न!'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell