PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

लुट्नका लागि एआइजीकै पत्नीको नाम!



पहिलोपोस्ट

लुट्नका लागि एआइजीकै पत्नीको नाम!

काठमाडौं : राजधानीमा समूह नै बनाएर 'एआइजी'को नाममा ठगी हुने गरेको फेला परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले एआइजीकी पत्नी, जर्नेलको स्वकीय सचिव लगायत उच्च अहोदाका व्यक्तिको नाम लिएर ठगी गर्दै हिँड्ने समूहलाई पक्राउ गरेको हो। 

समातिनेमा लमजुङका २८ वर्षीय मोहन दुरा, ४७ वर्षीय पशुपति अधिकारी, तनहुँकी यमुना खड्का र कास्कीका ३९ वर्षीय रमेश कुमाल रहेका छन्। उनीहरुले समूह बनाएर कसैलाई विदेश पठाइदिने, प्रहरीमा जागिर लगाइदिने, सरुवा बढुवा गराइदिने भन्दै पैसा लिएर ठगी गरेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। उनीहरुले अहिलेसम्म विभिन्न व्यक्तिबाट १ करोड १५ लाख रुपैयाँसम्म ठगी गरेको प्रहरीमा उजुरी परेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell