PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

युसिएल खेलअघि सिटीको खेलाडी चढेको बसमा लिभरपुल समर्थकको खराब ब्यवहार



पहिलोपोस्ट

युसिएल खेलअघि सिटीको खेलाडी चढेको बसमा लिभरपुल समर्थकको खराब ब्यवहार

बुधवार भएको युरोपियन च्याम्पियन्स लिग (युसिएल) अन्तर्गत क्वाटरफाइनल पहिलव लेगको खेलमा लिभरपुलले म्यानचेष्टर सिटीलाई ३-० ले पराजित गर्‍यो। घरेलु मैदान प्राप्त जितपछि लिभरपुलले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

तर खेलअघि लिभरपुलका समर्थकको ब्यवहार भने खराब रह्यो। लिभरपुलका समथर्कले खेलअघि म्यानचेष्टर सिटीका खेलाडी तथा स्टाफहरु चढेको बसमा बोतल, क्यान, फ्लेयर्स हरु प्रहार गरेका थिए।

खेलपछि लिभरपुलले स्६टमेन्ट जारी गर्दै माफी समेत मागेको छ। लिभरपुलले यस विषयमा मर्सिडाइज पुलिससँग सहकार्य गर्ने र दोषीलाई कारवाही गर्ने जनाएको छ।

लिभरपुलका म्यानेजर योर्गन क्लोपले यस विषयमा माफी मागेका छन्। 'हामीले यस्तो अवस्थालाई रोक्न सबैखाले प्रयास गरेका थियौँ। लिभरपुलको तर्फबाट मैले गर्न सक्ने भनेको सरी भन्नु मात्र हो।'

यस्तै लिभरपुल एफसीले पनि स्टेटमेन्ट जारी गर्दै सिटीसँग माफी मागेको छ।

सिटीका प्रशिक्षक पेप गोर्डिओलाले उक्त घटनामा कोही घाइते नभएकोमा राहत महसुस गरेका छन्। 'हामीले यस्तो ब्यवहारको आश गरेका थिएनौँ।' गोर्डिओलाले भने,' 'भाग्यवश कसैलाई केही भएन। मलाई थाहा छ यो लिभरपुल होइन।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell