सन् १९९८ मा कालो हरिणको शिकार गरेको मुद्दामा भारतको जोधपुर अदालतले सुनुवाई गर्दै बलिउड हिरो सलमान खानलाई ५ वर्ष जेल सजाय सुनाएको छ।
सलमानलाई दोषी ठहर्याउँदै अदालतले ५ वर्षको जेल सजाय सुनाएको हो। यही काण्डमा मुछिएका बलिउडका अन्य कलाकार सैफअलि खान, तब्बु, सोनाली बेन्द्रे, र निलम भने निर्दोष ठहर भएका छन्। यही मुद्दामा परेका स्थानीय व्यवसायी दुश्यन्त सिंह पनि निर्दोष ठहरिएका छन्।
२० वर्ष लामो घटनामा फैसला सुनाउँदै चिफ जुडिसियल म्यजिस्ट्रेट देव कुमार खत्रीले ह्याविच्यूअल अफेन्डर (अभ्यासका क्रममा अपराध) भएको बताए।
सलमानमाथि वन्यजन्तु संरक्षण ऐनमा मुद्दा परेको थियो। फिल्म 'हम साथ साथ है' सुटिङका क्रममा सलमान खानले हरिणको शिकार गरेका थिए।