PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

गणेश लामाको अनुसन्धान मिसिल सरकारी वकिलको कार्यालयमा 



पहिलोपोस्ट

गणेश लामाको अनुसन्धान मिसिल सरकारी वकिलको कार्यालयमा 

काठमाडौं: तीन साता अगाडि गौशलाको पशुपति भिजनबाट पक्राउ परेका गुन्डा नाइके गणेश लामाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। 

फागुन ३० गते प्रहरीले गौशालास्थित पशुपति भिजनबाट लामालाई एक थान पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो।

हातहतियार खरखजना ऐनमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्दा पेस्तोल लामाकै भएको खुल्न आएकाले मिसिल बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए। डिएसपी थापाले भने, 'लामाको हातमा रहेको चाइनिज पेस्तोल र होटेलमा भेटिएको खोका सोही पेस्तोलको भएको ल्याब परीक्षणमा देखिएको छ।'

लामा भने आफ्नो पेस्तोल नभएको दाबी गर्दै आएका छन्। लामाले आफूलाई गोली हान्न आएका युवाबाट पेस्तोल खोसेको बयान प्रहरीलाई दिएका छन्। सरकारी वकिलको कार्यालयले प्रहरीको अनुसन्धानमा चित्त बुझे अदालतमा मुद्दा दर्ता गराउँछ।

विजय गच्छदारको पार्टी लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य रहेका लामा पार्टी कांग्रेसमा विलय भएसँगै रुख चिह्न लिएर प्रदेश सभाको चुनावी मैदानमा उत्रेका थिए। काभ्रेको क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा लामा नेकपा एमालेका चन्द्र लामासँग पराजित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell