PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

नेपाली यू-१९ टिमका गोलकिपर अर्पणले माल्दिभ्सको लिग खेल्ने



पहिलोपोस्ट

नेपाली यू-१९ टिमका गोलकिपर अर्पणले माल्दिभ्सको लिग खेल्ने

काठमाडौं : नेपाली नम्वर वान गोलकिपर किरण चेम्जोङ पछि अर्का नेपाली युवा गोलकिपरले माल्दिभ्सको फुटबल लिग खेल्ने भएको छ।

यू-१९ टोलीका कप्तान समेत रहेका अर्पण कार्कीले माल्दिभ्सको दोस्रो डिभिजन क्लब फुटबल जेजे स्पोर्ट्समा खेल्ने भएको हो।

यही अप्रिल ९ देखि सुरु हुने लिगका लागि अर्पण माल्दिभ्सको राजधानी माले पुगेर ट्रेनिङ सुरु गरिसकेका छन्। अर्पणले माल्दिभ्समा लिग खेल्न पाउँदा उत्साहित रहेको बताए। 'म एकदमै उत्साहित छु। यसले मेरो लागि अझ अनुभव हासिल गर्न मद्दत गर्छ।' अर्पणले मालेबाट पहिलोपोस्टसँग भने।

दोस्रो डिभिजनको लिग अप्रिलमा सुरु भएर मे को अन्तिममा सकिने अर्पणले जानकारी दिए। दुई महिना सञ्चालन हुने लिगमा ९ टिमले प्रतिस्पर्धा गर्नेछ।

जेजे अघिल्लो सिजन सेमिफाइनल पुगेको क्लब समेत हो। जसमा अनुभवी खेलाडीहरु मोहमद मुस्लिह, इस्माइल अइज र इब्राहिम सियामा जस्ता खेलाडी छन्।

अर्पणको कप्तानीमा नेपालले भुटानमा भएको यू-१८ साफ च्याम्पियनसिपको उपाधि जितेको थियो। घरेलु फुटबलमा भने अर्पणले भित्रुवन आर्मीबाट खेल्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell