PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पोखरा विश्वविद्यालयको स्ववियु अध्यक्षमा अनेरास्ववियुका सुनिल



नरहरि पौड्याल

पोखरा विश्वविद्यालयको स्ववियु अध्यक्षमा अनेरास्ववियुका सुनिल

पोखरा । पोखरा विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुले वर्चस्व कायम गरेको छ। अध्यक्षमा अनेरास्ववियुको तर्फबाट उमेदवार बनेका सुनिल तिमिल्सिना विजयी भएका छन् ।  निकटतम प्रतिद्धन्दी नेविसंघका डिफान भुजेललाई २२६ मतले पछि पार्दै तिमिल्सिना विजयी भएका हुन्।

तिमिल्सिनाले ८४५ मत प्राप्त गरे भने भुजेलले ६१९ मत प्राप्त गरे। त्यसै गरी क्रान्तिकारी उम्मेदवार सुधन पन्तले ४९, स्वतन्त्र अनेरास्ववियुको बागी कुसुमसिला भट्टले १४८ र स्वतन्त्र नयाँ शक्ति सुभाष पौडेलले ७५ प्राप्त गरेका छन्।

सचिवमा अनेरास्वियुका सुरज परियार ९ सय १४ मत पाएर विजयी भए। कोषाध्यक्षमा अनेरास्ववियुककै प्रकृति दवाडीले ७ सय २१ मत पाउँदै विजयी भएकी छन्।

नौं जना सदस्यमा ७ अनेरास्ववियु र २ सदस्यमा नेपाल विद्यार्थी संगठनले जित हासिल गरेको छ। खुल्ला सदस्य तर्फ अनेरास्वियुका आशिष केसीले ७ सय ४४, यमुना क्षेत्रीले ८ सय ४३, विनोद बुढाले ७ सय ९८, धनश्याम डुम्रेले ७ सय ७१, सन्देश तिमिल्सेनाले ७ सय ३७, नरेश खनालले ७ सय ३४ मत पाए भने नेवि संघको तर्फबाट सरोज साहले ७ सय ५६ र गणेश रिमालले ७ सय २७ मत पाई विजयी भएका छन्।

केन्द्रमा मातृ पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता चलिरहेको भएपनि स्वावियु निर्वाचनमा बिद्याार्थी संगठनहरु छुट्टाछुटै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए। तालमेलबिनै चुनाव लडेपछि एमाले समर्थित अनेरास्ववियुले बहुमत स्थानमा जित हासिल गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell