PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

भारत भ्रमण हतारमा भए पनि काम नबिगार्ने गरी प्रस्तुत हुन्छौं: प्रधानमन्त्री ओली



पहिलोपोस्ट

भारत भ्रमण हतारमा भए पनि काम नबिगार्ने गरी प्रस्तुत हुन्छौं: प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचको सम्बन्ध परस्पर सम्मान र समानताका आधारमा बेग्लै उचाइमा पुग्ने बताएका छन्।
 
आसन्न भारत भ्रमणमा सहभागी हुने सदस्यका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले समानताको भावना स्वीकार गरेर दुवै पक्षले आगामी दिनमा सम्बन्ध विकसित गर्ने बताए।

प्रधानमन्त्री ओलीले भने, “हामी मन दबाएर होइन, सोझो हिसाबकिताबले वास्तविक मित्रता बढाउन चाहन्छौँ।”
 
उनले भारत भ्रमण हतारमा हुन लागेको भए पनि कुनै काम नबिगार्ने गरी प्रस्तुत हुने स्पष्ट पारे। परराष्ट्र सचिव शङ्करदास वैरागीले निर्वाचनलगत्तैको सरकारको महत्व हेरी सोहीअनुसारको तयारी मन्त्रालयले गरिरहेको बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell