PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

स्कुटरमा ४० लाख: स्रोत नखुलेपछि सम्पत्ति शुद्धिकरणमा पठायो रुपन्देही प्रहरीले



चन्द्रकान्त खनाल

स्कुटरमा ४० लाख: स्रोत नखुलेपछि सम्पत्ति शुद्धिकरणमा पठायो रुपन्देही प्रहरीले

रुपन्देही: रुपन्देही प्रहरीले  विशेष सूचनाको आधारमा ४ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय  बेलहिया रुपन्देहिबाट खटिएका प्रहरी टोलीले बेलहियाबाट भैरहवातर्फ आइरहेको लु २२ प ३८७१ नम्बरको स्कुटरको डिक्की भित्र कालो र पहेँलो प्लास्टिक भित्र प्याकिङ गरी राखेको अवस्थामा फेला परेको बताएको छ।

नेपाली रुपैयाँ ४०, लाख ३८हजार ७ सय ५०  र  नेपाल एसबिआई बैङ्कको ३० हजार रुपैयाँ रकम उल्लेख भएको चेक थान १ फेला परेकोले उक्त स्कुटर चालक दिपककुमार मल्लिकलाई नियन्त्रणमा  छ।

उक्त रकम रुपन्देही सिदार्थनगर नगरपालिका ८ का ३७ वर्षे धनवन्त कुमार अग्रवालको भएको बताएपछि उनलाई प्रहरीले सोधपुछ गरेका थिए। अग्रवालले उक्त रकम आफ्नो भएको स्वीकार गरेता पनि स्रोत खुलाउन नसकेकोले बरामद रकम, मल्लिक र अग्रवाललाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग ललितपुर पठाइएको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायक उपरीक्षक  डिल्लीनारायण  पाण्डेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell