काठमाडौं : दिल्ली डेयरडेभिल्सका अष्ट्रेलियन प्रशिक्षक रिकी पोन्टिङले नेपाली युवा स्पीनर सन्दीप लामिछाको प्रशंसा गर्दै उनी मेहनती र क्षमतावान खेलाडी भएको बताएका छन्।
इन्डियन प्रिमियर लिग आइपीएल-११ सुरु हुनु दुई दिनअघि दिल्लीमा बिहीवार भएको पत्रका सम्मेलनमा पोन्टिङ सन्दीप राम्रो लेगस्पीनर रहेको प्रतिक्रिया दिए। 'सन्दीप इज भेरी स्किलफुल क्रिकेटर।’ पोन्टिङले भने, 'उनी एकदमै राम्रा स्पीन बलर हुन्। ट्रेनिङमा पनि उनले राम्रो गरिरहेका छन् र उनी दिन भरी बलिङ गर्न चाहन्छन्।'
सन्दीपले आफ्नो प्रदर्शनलाई सुधार्दै लगेको र आवश्यक परेका बेला टिमको लागि बलिङ गर्न सक्ने बताए। पोन्टिङले सन्दीपले आफूलाई अजै निखारे टिमको प्लेइङ एलेभेनमा पर्ने सम्भावना समेत रहेको बताए।
आइपीएल शनिवारबाट सुरु हुँदैछ र सन्दीप आइपीएलमा अनुबन्ध हुने पहिलो नेपाली क्रिकेटर हुन्। गत जनवरीमा भएको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारुमा किनेको थियो।
सन्दीप रहेको टिम दिल्लीले आगामी आइतवार किंग्स-११ पञ्जावसँग पहिलो खेल खेल्दै आइपीएलको यात्रा सुरु गर्नेछ।
दिल्लीको ट्रेनिङमा अन्य खेलाडीसँग सन्दीप:
The first few days of training and the players are gearing up for the season ahead!
— Delhi Daredevils (@DelhiDaredevils) April 1, 2018
The preparations are in full flow with coach Ricky Ponting mentoring the boys and giving them some sound advice.#DilDilli pic.twitter.com/kPXkqnqGQs