काठमाडौं: प्रधानमन्त्री केपी शर्मा अोली भारतको तीन दिने राजकीय भ्रमणमा शनिवार भारत भ्रमणमा जाँदै छन्। भ्रमणका क्रममा भारतको राजकीय पाहुनाका रुपमा राष्ट्रपति भवनमा प्रधानमन्त्री अोलीले आथित्यता ग्रहण गर्ने छन्।
तर प्रधानमन्त्री अोलीले राष्ट्रपति भवनमा अाथित्यता ग्रहण गर्दै गर्दा भारतीय राष्ट्रपति रामनाथ कोविन्द भने विदेश भ्रमणमा निस्किने छन्।
शनिबार भारतका राष्ट्रपति कोविन्दसँग प्रधानमन्त्री ओलीले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। त्यसपश्चात कोविन्द ६ दिने विदेश भ्रमणमा निस्किने छन्।
भारतको विदेश मन्त्रालयका अनुसार कोविन्द अप्रिल ७ तारिख (२४ चैत शनिबार) इक्वेटेरियल गिनी, स्वीजरल्याण्ड र जाम्बियाको राजकीय भ्रमणमा निस्किने कार्यक्रम रहेको छ।