PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कार्टुन्ज क्रुको भिडियो कभर गर्नेलाई ७५ हजार



पहिलोपोस्ट

कार्टुन्ज क्रुको भिडियो कभर गर्नेलाई ७५ हजार

काठमाडौं: डान्सङ ग्रुप कार्टुन्ज क्रुको भिडियो कभर प्रतियोगिता घोषणा भएको छ। ‘कार्टुन्ज क्रु’ फिचर्ड रहेको नयाँ गीती भिडियो ‘रेली माइ’को कभर गर्न आह्वान गरिएको हो।

गायक तथा संगीतकार टंक बुढाथोकीको स्वर, शब्द तथा संगीत रहेको उक्त गीत सार्वजनिक भएको केहि घण्टामा नै युट्युब ट्रेन्डिङको टप ५ नम्बरमा पर्न सफल भएको छ।

भिडियोलाई सरोज अधिकरीले निर्देशन गरेका हुन् भने सरोजको साथमा सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका छन्। कभर डान्स प्रतियोगिताका उत्कृष्ट तीन प्रतियोगीलाई क्रमश: प्रथम हुनेलाई ७५ हजार, दोश्रो हुनेलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिइने बताइएको छ। ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।

२०७५ असार १ गतेसम्म पठाइएका भिडियोहरुमध्यबाट असार १७ गते विजेता घोषित हुनेछन्। भिडियो बनाउनेहरुले आफ्नो भिडियो बनाएर [email protected] मा पठाउनुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell