PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

युरोपा लिग : आर्सनल, एट्लेटिको मड्रिड, लाजियो र लेइपजिग विजयी



पहिलोपोस्ट

युरोपा लिग : आर्सनल, एट्लेटिको मड्रिड, लाजियो र लेइपजिग विजयी

युरोपा लिग अन्तर्गत बिहीवार भएको क्वाटरफाइनल पहिलो लेगको खेलमा आर्सनल, एट्लेटिको मड्रिड, लाजियो र लेइपजिग विजयी भएका छन्। चार वटै क्लबले घरेलु मैदानमा जित हात पारेका हुन्।

एमिरेट्स मैदानमा आर्सनलले रसियन क्लब सिएसकेए मस्कोलाई ४-१ ले हरायो। लण्डन क्लबका लागि आरोन राम्से र एलेक्जान्डर लाजाकाटेले २-२ गोल गरे। मस्कोका लागि एलेक्जान्डर गोलोभिनले एक गोल गरे।

कोके र एन्टोनी ग्रीजमनको एक-एक गोल मद्दतमा एट्लेटिकोले स्पोर्टिङ सिएफलाई २-० ले पराजित गर्‍यो।

यस्तै इटालियन क्लब लाजियोले अष्ट्रियन क्लब साल्जवर्गलाई ४-२ ले हरायो। लाजियोका लागि सेनाड लुलिच, मार्को पारालो, फेलिप एण्डरसन र सिरो इम्मोबाइलले एक-एक गोल गरे।

साल्जवर्गका लागि भालोन बेरिसा र ताकुमी मिनामिनोले एक-एक गोल गरे।

उता टिमो वार्नरको एक मात्र गोल मद्दतमा जर्मन क्लब लेइपजिगले फ्रेन्च क्लब मार्सेलाई १-० ले पराजित गरेको छ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell