PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

तेस्रो सातामा ‘शत्रु गते’, हलमा सो बढ्दो



पहिलोपोस्ट

तेस्रो सातामा ‘शत्रु गते’, हलमा सो बढ्दो

फिल्म ‘शत्रु गते’ प्रदर्शनको तेस्रो सातामा पुग्दा व्यवसायिक रुपमा राम्रो प्रदर्शन गरिरहेको छ। कमेडी फ्यामिली ड्रामाले अधिकांश हलहरुमा सो निरन्तर पायो भने केही हलमा सो थप समेत गरिएको छ।  

वितरक बिक्रम पराजुलीले भने,‘फिल्मको वर्ड अफ माउथ मात्र होइन कलेक्सन पनि राम्रो छ।‘ फिल्मले तेस्रो सातामा प्रवेश गर्दा ८ करोड भन्दा बढीको ग्रस कलेक्सन गरिसकेको उनको दाबी छ।

फिल्म राजधानीमा रहेको क्युएफएक्स च्यानल अन्तर्गतको हलमा सिभिल मलमा ५ सो, लबीम मलमा ६ सो , छायाँ सेन्टरमा ५, कुमारी हलमा ४ र जय नेपालमा २ सो गरि कुल २२ सो पाएको छ। यसैगरी अन्य मल्टिप्लेक्स अन्तर्गत सिटी सेन्टरमा रहेको बिग मुभिजमा ६ सो, राइजिङ मलमा रहेको क्युज सिनेमामा ३ सो, बिजी मलमा रहेको बीएसआर मुभिजमा ४ सो, केएल टावरमा रहेको एफक्युबमा ७ सो र सिटिसी मलमा रहेको सिने डी सेफमा २ सो पाएको छ।

मह सञ्चारको ब्यनारमा निर्मित फिल्मलाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन्। फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ।

पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन्। यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell