PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

गजलकार सुरेश वाग्लेको ‘तिमी साथ भएपछि’ सार्वजनिक



पहिलोपोस्ट

काठमाडौं: गजलकार सुरेश वाग्लेद्वारा शब्द गजल संग्रह ‘तिमी साथ भएपछि’ विहिबार काठमाडौंमा विमोचन गरियो। संगीतकारहरु राजु सिंह, शक्ति वल्लभ,  लक्ष्मण शेष, अभिनेता सरोज खनाल, प्रा.डा.घनश्याम परिश्रमी, गायक उदय सोताङ, गीतकार करुण थापा लगायतको आतिथ्यमा गजल एल्बम लोकार्पण भएको हो।

उक्त एल्बम प्रस्तुत गजल गृह नेपाल गरेको हो। सार्वजनिक गजल एल्बम ‘तिमी साथ भएपछि’मा दशवटा गजलहरु समावेश गरिएका छन्। एल्बमका गजलहरुमा उदय सोताङ, मनिला सोताङ, शिव परियार, अञ्जु पन्त, मनोजराज, हरि लम्साल, टिका प्रसाईं, मदन गोपाल तथा बुद्ध लामा (नेपाल आइडल) को स्वरलाई समावेश गरिएको छ। हरि लम्साल, शिव परियार, मनोज राज तथा किरण श्रेष्ठले ती गजलहरुलाई संगीतबद्ध गरेका छन्।

विमोचन समारोहमा एल्बममा समावेश गायक शिव परियारको स्वरको ‘फूलमा’ शीर्षकको गीतको म्युजिक भिडियो प्रिमियर समेत गरियो। शान थापाद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री मरिष्का पोखरेल तथा अभिनेता पुष्प खड्काले अभिनय गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell