PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

ईश्वर पोखरेल तोकिए कार्यबाहक प्रधानमन्त्री 



पहिलोपोस्ट

ईश्वर पोखरेल तोकिए कार्यबाहक प्रधानमन्त्री 

काठमाडौँः कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री ईश्वर पोखरेलले पाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा दैनिक प्रशासनिक काम सम्हाल्नेगरी पोखरेललाई कार्यबाहक प्रधानमन्त्री तोकिएको हो। 

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरलाई संविधान अनुसार कार्यबाहक प्रधानमन्त्री तोक्नुभएको हो। मन्त्रिपरिषदमा पोखरेल सबैभन्दा वरिष्ठ मन्त्री हुन्। 
प्रधानमन्त्री केपी ओली शुक्रबार तीन दिने राजकीय भ्रमणका क्रममा भारत प्रस्थान गरेका हुन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell