PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

११ केजी रक्तचन्दनका मालिक पक्राउ



पहिलोपोस्ट

११ केजी रक्तचन्दनका मालिक पक्राउ

काठमाडौं: गत मंगलवार बरामद भएको ११ किलो रक्तचन्दनका मालिकलार्इ प्रहरीले पक्राउ गरेको छ। दिल्लीबाट अाएको ना ४ ख ४५१६ नम्बरको बसबाट प्रहरीले  ११ केजी रक्तचन्दन बरामद गरेको थियो। 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार काठमाडौं बस्ने ४३ वर्षीय अमिर कुदिन मियाँलाई पक्राउ गरेको हो। त्यस्तै बसमा रहेको राजस्व छली ल्याएको कपडाधनि समेत पक्राउ गरेका छन्। 

प्रहरीले चावहिल बस्ने नेत्रबहादुर राना मगरलाई प्रकाउ गरेको हो। नयाँ दिल्लीबाट काठमाडौंका आउँदै गरेको बसलाई विशेष सूचनाको आधारमा चेक गर्दै प्रहरीले रक्तचन्दन सहित कपडा बरामद गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell