PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

अादिवासी पत्रकारको महाधिवेशनमा सञ्चार राज्यमन्त्री बास्कोटाले भने: म पनि तपाईहरुकै गोत्रको



पहिलोपोस्ट

अादिवासी पत्रकारको महाधिवेशनमा सञ्चार राज्यमन्त्री बास्कोटाले भने: म पनि तपाईहरुकै गोत्रको

काठमाडौं: उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयन र समृद्धिका लागि सञ्चार जगतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। 

आदिवासी जनजाति पत्रकार संघ (फोनिज)को छैटौँ महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। 'जहाँ लोकतन्त्र हुन्छ त्यहाँ मिडिया प्रशस्त हुन्छन्। जहाँ मिडिया प्रशस्त हुन्छन् त्यहाँ लोकतन्त्र सुदृढ हुन्छ,' उनले भने, 'सम्पूर्ण पत्रकारहरू संविधान कार्यान्वयन र समृद्धिका लागि क्रियाशील हुने आशा राखेको छु।'

यसैबिच कार्यक्रममा सूचना तथा सञ्चार राज्यमन्त्रीले गोकुल बास्कोटाले पूर्ण प्रेस स्वतन्त्रताको अभ्यासका लागि सरकार पूर्ण प्रतिबद्ध रहेको बताए। 

'अब सञ्चार माध्यम र सरकारको सम्बन्ध धेरै नजिकको हुन्छ। घरको जस्तै हुन्छ। छिन छिनमै झडप छिन छिनमै मिलन,' उनले भने। 

आफू पत्रकारिता क्षेत्रबाट आएको भन्दै उनले पत्रकारहरूको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। 'म तपाईँहरूकै गोत्रको हुँ। मेरो पनि उही गोत्र हो, उही पेसा थियो,' उनले भने, 'यही क्षेत्रबाट आएकोले तपार्इँहरूले मसँग धेरै आशा राख्नु भएको छ, तपार्इँका आशा पूरा गर्न सक्दो प्रयास गर्ने छु।'  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell