PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

जिल्ला शिक्षा कार्यालय कास्कीका २ कर्मचारी घुससहित पक्राउ



पहिलोपोस्ट

जिल्ला शिक्षा कार्यालय कास्कीका २ कर्मचारी घुससहित पक्राउ
File Photo

कास्कीः अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका २ कर्मचारीलाई घुससहित पक्राउ गरेको छ।

विद्यालय भवन निर्माण गर्दा गलत बिल फस्र्यौट गरिदिने भन्दै उनीहरूले १ लाख घुस लिएका थिए। पक्राउ पर्नेमा इञ्जिनियर प्रदीपकुमार बानियाँ र सब इञ्जिनियर छबिन्द्र विक्रम खाँड छन्। उनीहरू अख्तियारको नियन्त्रणमा छन्। 

उनीहरूलाई अख्तियारले नियन्त्रणमा लिएर आवश्यक छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell