PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

अर्चना पनेरुकी 'अमेरिकी पति' पक्राउ



पहिलोपोस्ट

अर्चना पनेरुकी 'अमेरिकी पति' पक्राउ

काठमाडौं : पोर्न स्टार बन्ने भन्दै चर्चामा आएकी मोडल/हिरोइन अर्चना पनेरु फेरि विवादमा आएकी छिन्। पनेरूले केही समय अगाडि फेसबुकमा बिहे गरेको फोटो पोस्ट गरेकी थिइन्। प्रहरीले पनेरुले बेहुला भनेर चिनाएको विदेशी नागरिकलाई पक्राउ गरेपछि उनी फेरि चर्चामा छिन्। 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बधुवार बेलुका बलम्बुस्थित एक घरबाट अमेरिकन नागरिक उल्फ प्राइसलाई पक्राउ गरेको हो। प्राइस बस्ने घरबाट प्रहरीले २ सय ग्राम गाँजा र अन्य अवैध लागू औषधसमेत बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए।

प्रहरीले १२ वर्षीय दुई बालकलाई समेत प्राइसको कोठाबाट उद्दार गरेको छ। उनीहरु कसरी र किन त्यहाँ आइपुगे भन्ने खुल्न सकेको छैन। साथै उनको कोठाबाट नखोलिएका ६० कन्डम, प्रयोग भएका थुप्रै कन्डम र यौन उत्तेजना बढाउने ‌औषधी समेत बरामत भएको छ।

प्रहरीले अर्चना पनेरुसँग खिचिएको फोटोसमेत् फेला पारेको छ। स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार बेला बेलामा पनेरु आमा सहित प्राइसको कोठमा पुग्ने गरेकी थिइन्। काठमाडौं जिल्ला अदालतबाट लागू औषध मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell