PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पोखरामा एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु



नरहरि पौड्याल

पोखरामा एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

पोखरा : लालिगुरास एशोसियन नेपालको आयोजनामा ‘दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७४’ मा रञ्जन मेमोरियल क्लबले जितको सुरुवात गरेको छ।

शुक्रबारदेखि पोखरामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा रञ्जन मेमोरियलले केशरी युबा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो। रञ्जनको जितमा दुबै गो शुसान गुरुङले गरे।

त्यसै गरि दोश्रो खेलमा लेकसाइड फुटबल क्लबले एलसी बर्दश लामाचौरलाई २–१ ले हरायो। लेकसाइडको जितमा कमल थापाले २ गोल गरे भने लामाचौरका लागि समिर कुवरले १ गोल फर्काए।

प्रतियोगितामा ६४ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक एवम आयोजक संस्थाका कोषाध्यक्ष सुमन गुरुङले जानकारी दिए।

पोखराको अम्मर सिंहको खेल मैदानमा हुने प्रतियोगिता बैशाख १ गतेसम्म संचालन हुनेछ।

संयोजक गुरुङकाअनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रोले ८०, तेश्रोले २० र चौथोले १० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

यसैगरि बेष्ट प्लेयर र हाइएष्ट स्कोररले नगद ८ हजारका साथमा ट्रफी पाउने छन् भने बेष्ट डिफेन्डर, बेष्ट किपर, बेष्ट मिडफिल्डर र बेष्ट स्ट्राइकरले ४ हजार नगदसहित ट्रफी पाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell