PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

प्रदेश मन्त्री केशव स्थापितको घरमा दिउँसै चोरी : ढोका फोडेर ८ देखि १० तोला सुन लिएर चोर फरार



पहिलोपोस्ट

प्रदेश मन्त्री केशव स्थापितको घरमा दिउँसै चोरी : ढोका फोडेर ८ देखि १० तोला सुन लिएर चोर फरार
प्रतिकात्मक तस्बिर

काठमाडौँ : प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा निर्माणमन्त्री केशव स्थापितको घरमा शुक्रवार दिउँसै चोरी भएको छ। 

बौद्धस्थित मंहाकालमा रहेको घरबाट सुन सहित गरेर सात लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो। दिउँसो कोही नभएको मौका छोपी ढोकाको ताल्चा फोडेर चोरी भएको महानगरीय प्रहरी बृत्त बौद्धका डिएसपी अच्युत पुडासैनीले जानकारी दिए। डिएसपी पुडासैनीले भने '८ देखि १० तोला सुन चोरी भएको उजुरी परेको छ। थप हामी अनुसन्धान गर्दैछौं।' 

घरमा काम गर्ने राखेकी महिला बाहिर गएको बेला चोरी भएको बताइएको छ। प्रहरीले काम गर्ने महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell