PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

प्रधानमन्त्री ओलीले भेटे मोदीलाई

प्रधानमन्त्री ओलीले भेटे मोदीलाई

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : तीन दिने राजकीय भ्रमणमा भारत पुगेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज साँझ भेट गरेका छन्।

प्रधानमन्त्री ओलीले लोक कल्याण मार्गस्थित भारतीय प्रधानमन्त्री निवासमै पुगेर मोदीसँग 'वान टु वान' भेट गरेका हुन्। 

आजै बिहान भारत पुगेका प्रधानमन्त्री ओलीले दिउँसो दिल्लीमा आयोजित नेपाल भारत बिजनेस फोरमलाई सम्बोधन गरेका थिए। 

दुई देशबीच प्रतिनिधि मण्डलस्तरीय वार्ता भने हैदरावाद हाउसमा भोलि बिहान सवा ११ बजे मात्रै हुनेछ।

फोटो : मोदीको ट्वीटर



ट्रेन्डिङ पोस्ट

Ncell