PahiloPost

Mar 31, 2025 | १७ चैत्र २०८१

महाभियोग लगाएर हटाइएका दक्षिण कोरियाका राष्ट्रपतिलाई २४ वर्षको जेल सजाय



रासस

महाभियोग लगाएर हटाइएका दक्षिण कोरियाका राष्ट्रपतिलाई २४ वर्षको जेल सजाय
फाइल फोटो : एपी

सोल : दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई शुक्रबार २४ वर्षको जेल सजाय भएको छ । 


दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतले उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सुनाउँदै २४ वर्ष जेल र र १ करोड ७० लाख अमेरिकी डलर बराबरको जरिवानाको सजाय सुनाएको हो।
 
पूर्वराष्ट्रपति हाल थुनामै  थिए। 

सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो। त्यसयतादेखि नै उनी अनुसन्धानका लागि थुनामै रहदै आएकी थिइन्। 

पार्क ६६ वर्षकी छिन्। उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति थिइन्। राष्ट्रपति पदमा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लागेपछि 
भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि संसदमा महाभियोग लगाएर बर्खास्त गरिएको थियो । 

दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell