PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सलमान खानको मुद्दा हेर्ने न्यायाधीशकै सरुवा!



पहिलोपोस्ट

सलमान खानको मुद्दा हेर्ने न्यायाधीशकै सरुवा!

सलमान खानको मुद्दा हेर्न तोकिएका न्यायाधीशको अप्रत्यासित सरुवा भएको छ। सलमानको मुद्दा हेर्ने न्यायाधीश रविन्द्रकुमार जोशी गए राति एकाएक सरुवामा परेका हुन्। राजस्थान उच्च न्यायालयले उनको सरुवा गरेको हो। 

अब चन्द्रकुमार संगाराले उनको स्थान लिनेछन्। १ सय ३४ जना न्यायाधीशको सरुवाका क्रममा जोशी पनि सरुवामा परेका हुन्।
 
गत बिहीवार २० वर्ष पहिलेको कृष्णसारको शिकार गरेको अभियोगमा सलमान खान दोषी ठहर भएका थिए। उनलाई ५ वर्ष सजाय सुनाइएको थियो। त्यसलगत्तै सलमान खानलाई पक्राउ गरिएको थियो। जमानतमा रिहा हुनका लागि  सलमानले आज अदालतमा अपिल गरेका थिए। तर अदालतले तल्लो अदालतको सम्पूर्ण कागजात उपलब्ध नभएको भन्दै जमानतका विषयमा बहस अगाडि बढाएन।

एकाएक उनको मुद्दा हेर्न तोकिएका न्यायाधीशको सरुवा भएपछि सलमान खानको जेलयात्रा लम्बिने निश्चित भएको हो। 

जोधापुरमा फिल्म 'हम साथ साथ है'को सुटिङको क्रममा सन् १९९८ सेप्टेम्बर २६ अभिनेता खानले कालो हरिणको शिकार गरेका थिए। 

२० वर्षपछि जोधपुरको एक अदालतले २०१ पृष्ठ लामो फैसला सुनाउँदै सलमानलाई पाँच वर्षको जेल सजाय तोकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell