PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

नेपालको प्राथमिकताका आधारमा साझेदारीः भारतीय राष्ट्रपति कोविन्द



पहिलोपोस्ट

नेपालको प्राथमिकताका आधारमा साझेदारीः भारतीय राष्ट्रपति कोविन्द
Photo: President office of India

काठमाडौँः भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालको प्राथमिकताका आधारमा साझेदारी गर्न तयार रहेको बताएका छन्। 

भारतको तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शनिवार बिहान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतका राष्ट्रपति कोविन्दसँग शिष्टाचार भेट गरेका थिए। भेटका क्रममा राष्ट्रपति कोविन्दले नेपालको स्थायीत्व र आर्थिक सम्वृद्धि भारतको सधैँको चाहना भएको बताए। 

उनले नेपालको प्राथमिकताका आधारमा भारत नेपालसँग साझेदार गर्न चाहेको बताएको भारतको राष्ट्रपति कार्यालयले जनाएको छ। 

राष्ट्रपति कोविन्दले दुई देशबिचको सम्बन्ध निरन्तरको उच्चस्तरीय भ्रमणको आदान प्रदानले थप मजबुत भएको बताएका थिए। भेटमा द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

यसअघि भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारको तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान गारत९गार्ड अफ अनर० प्रदान गरिएको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell