PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

माधवकुमारले नारायणकाजीलाई भने,'फिल्म हेर्न जाउँ'



पहिलोपोस्ट

माधवकुमारले नारायणकाजीलाई भने,'फिल्म हेर्न जाउँ'

काठमाडौं: फिल्म ‘शत्रु गते’ हेर्न एमाले नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ हलमा पुगे। बागबजारको सिटिम्याक्स सिनेमा घरमा उनीहरुले फिल्म हेरेका हुन्।

उनीहरुसँगै एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईं, बेदुराम भुषाल, एमाले केन्द्रिय विभाग सदस्य रामेश्वर श्रेष्ठले शत्रुगते हेरे। 

माधवकुमार नेपालले आफू १७ गते र शत्रु गतेमा कन्फ्युज्ड हुँदै फिल्म हेर्न आएको बताए। भने,'हलमा पुगेपछि नाम किन यस्तो राखियो प्रष्ट हुने रहेछ। जे होस् फिल्ममा हरेक उमेर समुहका दर्शकलाई हलसम्म तान्ने फर्मुला छ।' 

त्यस्तै नारायणकाजी श्रेष्ठले फिल्म मनोञ्जनात्मक रहेको बताए। 'सामाजिक कुरुतीलाई हँसाउँदै देखाएको छ। चर्चा सुनिरहेको र माधव कमरेडले जाउ भन्नु भयो त्यसैले फिल्म हेर्न आएँ।' 

मह सञ्चारको ब्यनारमा निर्मित र प्रदिप भट्टराई निर्देशित फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुषाल, रमेश रंजन झा लगायतको अभिनय रहेको छ।

फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ। पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन्।

फोटो: आर्यन बिमली



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell