PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

'तिमीसँग'को नयाँ गीति भिडियो फिल्मसँगै रिलिज



पहिलोपोस्ट

'तिमीसँग'को नयाँ गीति भिडियो फिल्मसँगै रिलिज

काठमाडौं: आजभोली गीत फिल्म प्रचारको माध्यम बन्ने गरेको छ। तर तिमीसँग युनिटले फिल्म प्रचारप्रसारका लागि बलियो अस्तु बन्न सक्ने गीत फिल्म सार्वजनिक भएपछि मात्र रिलिज गर्‍यो। ‘दिलमा आगो सल्कियो’ बोलको गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।

दीपक पाठकको स्वर रहेको गीतमा रिदम कँडेल र पाठकले संयुक्त रुपमा संगीत भरेका छन्। गीतलाई नरेश भट्टराई, दीपक पाठक, राजेश रोय र लेखु सहयात्रीले लेखेका हुन्।

गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र अभिनेत्री साम्राज्ञी शाह फिचर्ड छन्। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा तराईको सेटिङ छ।

फिल्म तिमीसँग शुक्रवारबाट प्रदर्शनमा आएको हो। फिल्ममा साम्राज्ञी र नाजिसँगै आकाश श्रेष्ठ, सुनिल वि.क, शिशिर राणा, अनुपम श्रेष्ठलगायतका कलाकारहरुको पनि प्रमुख भूमिका छ। फिल्मलाई शिशिर राणाले निर्देशन गरेका हुन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell