PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

सलमान खान धरौटीमा रिहा हुँदै



पहिलोपोस्ट

सलमान खान धरौटीमा रिहा हुँदै

दुई दिनदेखि जेलमा रहँदै आएका बलिउड हिरो सलमान खान धरौटीमा रिहा हुने भएका छन्। सन् १९९८ मा जोधपुरमा कृष्णसारको शिकार गरेको मुद्दाको बिहीवार भएको फैसलामा सलमानलाई दोषी ठहर गर्दै ५ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो।

बिहीवार नै सलमान खानलाई पक्राउ गरिएको थियो। जमानतमा रिहा हुनका लागि उनले अदालतमा अपिल गरेक थिए। २० वर्ष अघिको घटनामा दोषी ठहरिएका उनलाई आज अदालतले धरौटीमा छाड्ने भएको हो। अदालतले दुई फरक शीर्षकमा ५०/५० हजार रुपैयाँ धरौटी लिँदै उनलाई रिहा गर्ने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell