PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

सलमान खानको नेपाल यात्रा के होला? यस्तो थियो जेलमै हुँदाको खबर



पहिलोपोस्ट

सलमान खानको नेपाल यात्रा के होला? यस्तो थियो जेलमै हुँदाको खबर

काठमाडौं : सलमान खान जेल परेपछि नेपालमा पूर्व निर्धारित 'द बङ्ग' टूर इभेन्ट के हुन्छ भन्ने सबैको चासोको विषय बनेको थियो। आज सलमान खान धरौटीमा रिहा भएपछि उनको टुँडिखेलमा हुने भनिएको कार्यक्रम पुर्ववत् हुने सम्भावना पनि रह्यो। 

यसैबीच, रोचक पक्ष के रह्यो भने सलमान खान जेल पर्दा 'द बङ्ग' का नेपाली आयोजक ओडिसी इन्टरटेनमेन्टलाई जे ए इभेन्ट्स एलएलपीले २६ मेको पूर्व निर्धारित सो यथावत रहने जनाकारी दियो। सलमान खान जेलमै रहँदा अप्रिल ५ मा जे ए इभेन्ट्स एलएलपीले ओडिसीलाई पत्राचार गर्दै टुँडिखेलमा हुने कार्यक्रममा आउने कलाकारको सूची 'रि-कन्फर्म' गर्‍यो।

ओडिसीका सिमान्त गुरुङलाई गरिएको पत्राचारअनुसार सलमान खान, सोनाक्षी सिन्हा, कृति सानोन, प्रभुदेवा, दैसी शाह, मित ब्रोस, मनिस पौल र डान्सरहरु सहभागी हुने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell