PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

बुण्डेसलिगा : ५ खेल बाँकी छदै वायर्न म्युनिख च्याम्पियन



पहिलोपोस्ट

बुण्डेसलिगा : ५ खेल बाँकी छदै वायर्न म्युनिख च्याम्पियन

वायर्न म्युनिखले लगातार छैटौँ पटक जर्मन बुण्डेसलिगाको उपाधि जितेको छ। शनिवार भएको खेलमा अक्सवर्गलाई ४-१ ले पराजित गर्दै वायर्नले ५ खेल बाँकी छदै यस सिजनको लिग उपाधि जितेको हो।

निकोलस सुलेले आत्मघाती गोल गरेपछि १८औँ मिनेटमा पछि परेका वायर्नका लागि कोरेन्टिन टोलिसोले ३२औँ मिनेटमा बराबरी गोल फर्काए। ३८औँ मिनेटमा जेम्स रोड्रीग्वेजले गोल गरेपछि वायर्नले पहिलो हाफमा २-१ को अग्रता बनायो।

आर्जेन रोवेन र सान्ड्रो वागनरले दोस्रो हाफमा गोल थपेपछि वायर्नले सहजै जित हात पार्‍यो।

जितपछि २९ खेलबाट वायर्नको ७२ अंक छ। दोस्रो स्थानको साल्केको २८ खेलबाट ५२ अंक छ र बाँकी रहेको सबै खेल जितेपनि वायर्नलाई भेट्नेछैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell