पउल पोग्वाले दुई मिनेट अन्तरमा दुई गोल गर्नुका साथै क्रिस स्मालिङले निर्णायक गोल गरेपछि म्यानचेष्टर डर्बीमा युनाइटेडले सिटीलाई ३-२ ले पराजित गरेको छ।
जितपछि शीर्ष स्थानको सिटीको ३२ खेलबाट ८४ अंक छ भने दोस्रो स्थानको युनाइटेडको ७१ अंक भएको छ। लिगमा अब ६ खेल बाँकी रहदा यी दुईबीच १३ अंकको अन्तर छ। सिटी अब उपाधि जित्न २ खेल जित्नुपर्नेछ।
एतिहाड स्टेडियममा सिटीले दुई गोलको अग्रता बनाएपनि युनाइटेडले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै जित हात पार्यो।
हारपछि सिटीले उपाधि जित्नका लागि अझै कुर्नुपर्ने भएको छ।
युनाइटेडलाई पुनरागमन जित दिलाउन पोग्वाले ५३औँ र ५५औँ मिनेटमा गोल गरे भने स्मालिङले ६९औँ मिनेटमा निर्णायक गोल गरे।
त्यसअघि कप्तान भिसेन्ट कोम्पनीले २५औँ तथा इकाए गुन्डागोनले ३०औँ मिनेटमा गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाएका थिए।