PahiloPost

May 31, 2026 | १७ जेठ २०८३

बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी, नियन्त्रणको प्रयास जारी



चन्द्रकान्त खनाल

बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी, नियन्त्रणको प्रयास जारी
फोटोः यकल यात्री अनलाइन मिडिया नेपाल

बुटवलः बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ। बुटवल ८ सुख्खानगरस्थित सुपरमार्केटमा बिहान करिब ४ बजेदेखि आगोलागी भइरहेको छ।

सुपरमार्केटको माथिल्लो तलाबाट आगो लागेको हो। आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाको दमकलले प्रयास गरिरहे पनि उचाईमा रहेकाले नियन्त्रण हुन सकिरहेको छैन। आगो नियन्त्रणका लागि अन्य स्थानका दमकल पनि बोलाइएको छ। सुपर मार्केटमा आगोलागी भएपछि अहिले ठूलो सख्यामा सर्वसाधरण र सुरक्षाकर्मी त्यहाँ पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell