PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

मोरङमा पुराण बाचन गर्ने गुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार



पहिलोपोस्ट

मोरङमा पुराण बाचन गर्ने गुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार
फोटोः सूर्य खड्काको फेसबुकबाट

काठमाडौँः मोरङमा पुराण बाचन गर्ने एक गुरुमाथि गोली प्रहार भएको छ। मोरङको रानीजतुवामा आइबार राति करिब २ बजेतिर गुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको हो। 

उनमाथि दुई राउन्ड गोली प्रहार भएको छ। एक गोली छातीमा लागेको छ । घाइते श्रीनिवासको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

राति चर्पी जानका लागि बाहिर निस्किएका बेला उनीमाथि गोली प्रहार भएको हो। घटनामा कसको संलग्नता रहेको यकिन नभएको प्रहरीले जनाएको छ। घटनास्थलमा मंगोल नेशनल अर्गनाइजेशनको पर्चा भेटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell