PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

साइक्लिङ संघको अध्यक्षमा गोपाल कक्षपती



पहिलोपोस्ट

साइक्लिङ संघको अध्यक्षमा गोपाल कक्षपती

काठमाडौँः नेपाल साइक्लिङ संघको अध्यक्षमा गोपाल कक्षपती निर्वाचित भएका छन्। शुक्रबार भएको संघको वार्षिक साधारण सभाबाट कक्षपतीको अध्यक्षतमा १२ सदस्यीय नयाँ समिति चयन भएको हो।

कक्षपती अध्यक्षतामा निर्विरोध नयाँ कार्य समितिको चयन भएको नवनियुक्त महासचिव रञ्जन राजभण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

संघको प्रथम उपाध्यक्षमा सुदीप पौडेल, उपाध्यक्षमा रवीन्द्र श्रेष्ठ, महासचिवमा रन्जन राजभण्डारी, सचिवमा देवेन्द्र बस्न्यात तथा कोषाध्यक्षमा सञ्जीव कुमार पाण्डे निर्वाचित भएका छन्। यस्तै सदस्यहरुमा पुष्कर शाह, राजेन्द्रमान श्रेष्ठ, दावा तामाङ, कृष्णगोपाल श्रेष्ठ, संगती श्रेष्ठ र लीला राई चयन भएका छन्।

विश्व साइकल यात्री समेत रहेका पुष्कर शाहले अध्यक्षमा दाबेदारी दिँदै २४ वर्षदेखि कायम रहेको साइक्लिङ संघको सत्ता तोड्ने बताए पनि सफल हुन सकेनन्। उनले आफूलाई जबर्जस्ती सदस्यमा राखिएको प्रतिक्रिया दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell