लियोनल मेसीको ह्याट्रिक मद्दतमा लिग लिडर बार्सिलोनाले ला लिगामा लेगानेसलाई ३-१ ले पराजित गरेको छ। जितपछि बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिकोमाथि १२ अंकको अग्रता कायम गरेको छ। बार्सिलोनाले ३१ खेलबाट ७९ अंक जोडेको छ। एक खेल कम खेलेको एट्लेटिकोको ६७ अंक छ।
घरेलु मैदान क्याम्प नोउमा मेसीले २७औँ मिनेटमा पहिलो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यसको ५ मिनेटपछि मेसीले दोस्रो गोल गर्दा बार्सिलोनाले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो।
६८औँ मिनेटमा लेगानेसका नविल एल झारले गोल गर्दै गोलअन्तर कम पारेपनि ८७औँ मिनेटमा मेसीले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेपिछ बार्सिलोनाले सहज जित हात पार्यो।
सिजनको तेस्रो ह्याट्रिक गरेका मेसीको लागि बार्सिलोनाको जर्सीमा यो ४०औँ ह्याट्रिक हो। जसमध्ये २९ ह्याट्रिक मेसीले ला लिगामै गरेका छन्। ह्याट्रिकसँगै ला लिगामा यस सिजन मेसीको गोलसंख्या २९ पुगेको छ। क्लब र देशका लागि मेसीले ४५ ह्याट्रिक गरिसकेका छन्।
यस्तै बार्सिलोनाले यस सिजन लगातार ३१ खेलमा अपराजित यात्रा कायम राख्दै समग्रमा अपराजित यात्रा ३८ खेलसम्म पुर्याएको छ। बार्सिलोनाले सन् १९७९-८० मा रियल सोसिडाडले बनाएको कीर्तिमान बराबरी गरेको छ। ला लिगामा यस सिजन ७ खेल मात्र बाँकी छ र बार्सिलोना लिगभरी अपराजित रहने पहिलो क्लब बन्ने योजनामा छ।
38 - Barcelona are unbeaten in their last 38 La Liga games (W31 D7), equaling the all-time La Liga record set by Real Sociedad between 1979 and 1980 (W21 D17). Invincible. pic.twitter.com/bxSSTvZ55r
— OptaJose (@OptaJose) April 7, 2018