PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा लागेको आगो पाँच घन्टापछि नियन्त्रणमा



चन्द्रकान्त खनाल

बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा लागेको आगो पाँच घन्टापछि नियन्त्रणमा

बुटवलः बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ। बुटवल ८ सुख्खानगरस्थित सुपरमार्केटमा बिहानबाट आगो लागेको थियो।

सुपरमार्केटको माथिल्लो तलाबाट लागेको आगो सुरक्षाकर्मी, ५ वटा दमकलको प्रयासपछि नियन्त्रणमा आएको हो। 

विद्युत सर्ट भइ आगो लागेको प्रहरीले जनाएको छ। आगलागीबाट के कति क्षति भयो भन्नेबारेमा खुलिसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell