PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

१५ फोटोमा हेर्नुस् महागानी जोन्स र ब्यान्डको कन्सर्ट

१५ फोटोमा हेर्नुस् महागानी जोन्स र ब्यान्डको कन्सर्ट

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: शनिबार जाउलाखेलमा अमेरिकी र्‍यापर महागानी जोन्स र ब्यान्डको उपस्थितिमा सांगीतिक कार्यक्रम आयोजना भयो। अमेरिकन एम्बेसीले आयोजना गरेको नि: शुल्क कन्सर्टमा ५ सय बढी दर्शक उपस्थित भएका थिए। 'हाम्रो आवाज, हाम्रो भविष्य–सांगीतिक कार्यक्रम २०१८' नाम दिइएको कार्यक्रममा जोन्स र टोलीसँगै नेपाली कलाकारहरुले पनि प्रस्तुति दिए। 

गायिका सन्ध्या जोशी, डान्सिङ ग्रुप कार्टुन्ज क्रु, नेपाल हिपहप एसोसियसनका सदस्यहरु र गायक स्वप्न सुमनको सहभागिता रहेको हो। हिपहपमार्फत सामाजिक संदेश प्रवाह र परिवर्तनको भूमिका निर्वाह गर्ने उदेश्य लिएका महागानीको ब्यान्डले नेपाली गीत समेत गाए। कार्यक्रमलाई सञ्जय गुप्ता र समृद्धी राईले सञ्चालन गरेका थिए। 

कार्यक्रमको दोस्रो भाग वीरगञ्ज आदर्शनगर रङ्गशालामा हुनेछ। कार्यक्रममा शिव परियार, सुनील पण्डित र सन्ध्या जोशीले ब्यान्डलाई साथ दिनेछन्। प्रेस्का उदासले उक्त कार्यक्रम संचालन गर्नेछिन्। 





 



ट्रेन्डिङ पोस्ट

Ncell