PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

डीपीएल : वर्षाका कारण काठमाडौं र महेन्द्रनगरबीचको खेल रद्ध



पहिलोपोस्ट

डीपीएल : वर्षाका कारण काठमाडौं र महेन्द्रनगरबीचको खेल रद्ध

काठमाडौं : वर्षाका कारण मैदान भिजेर खेल्न लायक नभएपछि धनगढी प्रिमियर लिग अन्तर्गत आइतवारको पहिलो खेल रद्ध भएको छ।

शीर्ष स्थानको काठमाडौं र महेन्द्रनगर युनाइटेडबीच हुने तय भएको दिनको पहिलो खेल रद्ध भएको हो। टस नै नभई खेल रद्ध भएपछि दुवै टोलीले १-१ अंक बाँडेका छन्।

अंक बाँडेपछि काठमाडैले ५ खेलबाट ९ अंक जोडेको छ। समान ५ खेलमा २ जित हात पारेको महेन्द्रनगरले दुई खेलमा अंक बाँडेपछि ६ अंक जोडेको छ। तर सर्वाधिक खेल जितेको कारण साविक विजेता चौराह धनगढी दोस्रो तथा महेन्द्रनगर तेस्रोमा छ।

आइतवारै विराटनगर किंग्स र सिवाइसी अत्तरियाबीच खेल हुनेछ। उक्त खेलमा विजयी हुने टिम प्लेअफमा पुग्नेछ।

विराटनगर विजयी भए दोस्रो स्थानमा रहदै प्लेअफ पुग्नेछ भने पराजित भए बाहिरिनेछ। यस्तै अत्तरियाले खेल जितेमा चौथो स्थानमा रहदै प्लेअफ पुग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell